गुनासो

वित्तीय ग्राहक संरक्षणको लागि

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, अग्निसाईर कृष्णासवरन–६ महुली, सप्तरी बाट प्रवाह हुने सेवा सुविधाहरूको बारेमा यस वित्तीय संस्थाले जारी गरिएका निर्देशन, परिपत्र, सूचना तथा नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएका निर्देशन तथा परिपत्र, सूचनाको अधीनमा रही सम्पूर्ण ग्राहक सदस्यहरूलाई पारदर्शिता, विश्वसनीयता, निष्पक्षताका साथ सेवा प्रवाह गरिरहेको र सो सम्बन्धमा सदस्यहरू, अभिभावकहरू तथा अन्य पक्षहरूसँग सुनिश्चित गर्न तथा ग्राहक सदस्यलाई कुनै किसिमको दुविधा, मार्का, असुविधा पर्न नदिने उद्देश्यले, ग्राहक सदस्यहरूलाई कुनै किसिमको मार्का वा क्षति पुगेको अवस्थामा निजहरूले आफ्नो गुनासो राख्न र सोको समुचित समाधान वा सुनवाई व्यवस्थापन गर्न यस वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा गुनासो सुनुवाई इकाई रहेको छ । ग्राहक सदस्यहरूको गुनासो यस इकाईले सुनवाई गर्ने गर्दछ ।

गुनासो दर्ता गर्ने प्रक्रिया :

  1. यस महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाईट www.mslbsl.com.np मा जाने ।
  2. आफुले वित्तीय सेवा लिई रहेको वा लिन चाहेको बारेमा कुनै गुनासो, राय, सुझाव भए दर्ता गर्ने ।
  3. गुनासोको अन्तिम जवाफ/निर्णय ईमेलमा वा फोन मार्फत जानकारी प्राप्त गर्ने ।

देहाय अनुसारका गुनासाहरू यस ईकाईबाट सम्बोधन हुने छैन

  1. गुनासो कर्ताको नाम, सम्पर्क नं, ईमेल तथा अन्य विवरण गलत भई गुनासो कर्ताई सम्पर्क गर्न नसकिने गुनासोहरू
  2. अस्पष्ट र अपुर्ण विवरण भएका गुनासोहरू
  3. कुनै पनि अदालत, न्यायाधिकरण वा मध्यस्थतामा विचाराधीन गुनासोहरू
  4. अन्य निकायलाई सम्बोधन गरिएका गुनासोहरू
  5. यस वित्तीय संस्थासँग असम्बन्धित व्यक्ति तथा संस्थाहरूको गुनासोहरू
  6. अपमानजनक, घृणा वा द्वेष बुझाउने प्रकृतीका गुनासोहरू
  7. यस वित्तीय संस्थाका सेवाग्राहीहरूको आन्तरिक तथा पारिवारि मामिलासँग सम्बन्धित गुनासोहरू

 

 

प्रदेश गुनासो सुनुवाई अधिकारी :

ताक बहादुर राई

 अधिकृत
वाग्मती प्रदेश अन्तर्गत
 9765738632

दुर्गानन्द चौधरी

 अधिकृत
मधेश प्रदेश अन्तर्गत
 9765738633

विष्णु देव चौधरी

 अधिकृत
गण्डकी प्रदेश अन्तर्गत
 9765738634

कृष्ण प्रसाद न्यौपाने

 सहायक अधिकृत
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेश
 9765738635

हेमराज दाहाल

 सहायक अधिकृत
कोशी प्रदेश अन्तर्गत
 9765738630


नेपाल राष्ट्र बैंकमा गुनासो गर्न चाहनुहुन्छ भने तलको लिङ्कमा क्लिक गर्नुहोस्


File Complaint with NRB

नोट: कृपया सही फोन नम्बर प्रविष्ट गर्नुहोस् हामी तपाईंलाई फोन नम्बर मार्फत सम्पर्क गर्नेछौं।

Find Us Here

QUICK LINK
Emi Calculator






Foreign Exchange Rate
Currency Buy Sell
Loading...

Copyright © All rights reserved.

Powered By: Amsoft Technologies