
तारा राई शाखा, कार्यालय रामपुर ,उदयपुर
उदयपुरको वेलका न।पा। ६ मैनामैनी कि तारा राई महुली लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय रामपुर ,उदयपुरमा २०७० साल देखि केन्द्र न। ९३ मा आवद्ध भई हाल सफल उद्यमी सदस्य हुनुहुन्छ । पहिलो पटकको कर्जा रु ५०००० लिएर अम्लिसो व्यवपार शुरु गर्नुभयो । पछिल्लो पटकको ऋण रु ५००००० तथा संस्थामा वहाँको वचत रु ६४४१२ भएको छ ।
समुहमा आवद्ध भएर अम्लिसोको व्यापार गर्नु भन्दा अघि वहाँको आर्थिक अवस्था निकै कमजोर थियो । गरिवीको कारण वहाँको घरमा दुई छाक खान धौ धौ परिरहेको तथा सहयोग कसैवाट नपाइएको अवस्था थियो । गाउँमा शिक्षा, चेतना लगायतको सेवा सुविधाको अभाव हुँदा आम्दानीको स्रोतहरु कम थिए । अहिले वहँको आम्दानी राम्रो रहेको छ । वार्षिक आम्दानी रु ५५००००। अम्लिसो तथा अदुवा व्यापार वाट राम्रो भएको छ । अहिले वहाँको घर परिवार खुशी नै खुशी छाएको छ । वहाँ संस्था प्रति राम्रो सकारात्मक सोचको हुनुहुन्छ भने अरु कुनै वित्तीय संस्थामा नरहेको छ । अहिले पछिललो पटक एकल कर्जा रु ५ लाख चलाइ रहेको छ ।