Resma Kumari Chaudhary ED

 

 

 

 

सिरहाको मिरचैया न.पा.६ राधोपुरकि श्री रेशमा कुमारी चौधरी महुली लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय क.जव्दीमा वि.स.२०७०-१०-१ देखि केन्द्र न. २८ मा समुहमा आवद्ध भई सदस्य हुनु भएको छ । शुरुको वर्ष रु ५००००। लिएर किराना पसल शुरु गर्नु भएको छ । पछिल्लो पटक रु ३३३३२ रुपैयाँ लिनु भएको छ भने संस्थामा निजको आफनो वचत रु २२८६४ रहेको छ ।

समुहमा आवद्ध भएर किराना पसल शुररु गर्नु अघि वहाँको आर्थिक अवस्था निकै कमजोर थियो ।गरीवीको कारण उहाँको भान्छाामा नून हुँदा तेल नहुने र तेल हुदाँ नुन नहुने अवसथा थियो ।गाउँमा शिक्षा, चेतना लगायतका सेवा सुविधाको अभाव हुँदा आम्दानीको स्रोतहरु कम थिए । तर अहिले उहाँको आम्दानी राम्रो छ । आर्थिक अवस्था निकै राम्रो भएको छ । व्यवसायवाट आम्दानी वार्षिक रु ४५० हजार लगभग हुने गरेको छ । व्यवसायको भरमा छोराछोरीलाई विद्यालय पठाउने गरेको छ । समुहमा आवद्ध भए पछि जग्गा खरिद गर्नुको साथै पक्की घर वनाउन सफल भएको छ साथै किराना पसलको साथै फेन्सी पसल पनि रहेको छ ।

 

Find Us Here