
संघर्षको कथा
कुखुरा पालन बाट मनग्य लाभ लिदै शसिराम धामी
धामी भन्नु हुन्छ महुली लघुवित्त नभएको भए आज यतीको व्यवाय संभव थिएन
हाल देशमा अवसर नपाएर बेरोजगारी समस्या भोग्दै कयौ यूवाहरु रोजगारका लागी बैदेशिक रोजगारलाई अंकाल्दै बिदेशिदै गरेको अवस्थामा मिहेनत गरे आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आशाको किरण हुन सुनसरी जल्ला बराहक्षेत्र घर भएका शसिराम धामी ।
उमेरले ५१ वर्ष प्रवेश गर्नु भएका उहाँ, पेशाले शिक्षक हुनुहुन्छ । उहाँले ब्रोइलर कुखुरा पालनु हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । उहाँलाई वाहिर जाने अवसर भने नआएको हैन, तर बैदेशिक रोजगार भन्दा स्वदेशमै शिक्षा प्रदान गर्दै व्यवसाय गर्ने बाटो उहाँलाई उचित लागेको छ ।
विहान ४ बजे उठ्ने, कुखुराको स्याहार सुसार गर्ने उनको दैकि नित्यकर्म हो । २०६४ सालमा एक कठ्ठा जग्गामा रु. पचाँस हजरमा १ सय कुखुराबाट सुरु गरेको कुखुरा फार्ममा अहिले करिब ४५०० (पैंतालीस सय) कुखुरा छन् । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, विद्यालय जाने, कुखुराको स्याहार व्यवस्थापनमै उहाँले दिन कटाउने गरेका छन् ।
लगानी फस्ने पो होकी भन्ने दोधारै दोधारमा सुरु गरेको ब्रोइलर कुखुरा व्यवसायमा सुरुवातका दिनहरु निकै चुनौती पुर्ण रहेको, योजना र भिजन भएपनि आर्थिक अभावको कारणले लगाएको पूँजी समेत फस्ने अवस्थामा २०६७ सालमा उनको भेट महुली लघुवित्त वित्तीय संस्था लि. (तत्कालिन महुली सामुदायिक बिकास केन्द्र) सँग हुन पुग्यो । वित्तीय संस्थाको बारेमा राम्रो ज्ञान नभएको कहि कतै वित्तीय संस्थाले सामूहिक जवानी तथा धितोमा वित्तीय कारोबार गर्छ भन्ने थाहाँ पाए पश्चात संस्था प्रबेश गर्नु भएका धामी संस्थामा प्रवेश गरे पश्चात केही पूँजी पाउने भएसी मनमा केही आशाको किरण सहित पुनः व्यवसायलाई पुर्नजिवित गर्न रु. १ लाख कर्जा लिई व्यवसायलाई थप मजबुत बनाउदै व्यवसाय गर्दै गर्दा सोचेको भन्दा बढी आम्दानी हुन थालेपछि अहिले उनी दंग छन् ।
बोइलर कुखुरा लाई धेरै स्याहार सुसार गर्नु नपर्ने, विहान र वेलुका दानापानी राखिदिए पुग्ने र घरको अन्य काम समेत गर्न भ्याईने भएकाले बोइलर कुखुरा पालन सजिलो हुने धामीको अनुभव छ । तर ग्यासको प्रयोग गरि जाडो महिनामा न्यानो बनाई राख्न भने अलि बढी खर्च हुने उनको भनाई छ ।
शसिराम व्यपार व्यवसाय बारे बोल्दै ‘ प्रत्येक ४० देखि ४५ दिनमा कुखुरा निकालछौं, एउटा बराबर न्युनतम रु. १२ सय देखि १५ सय सम्म हुने गर्छ जसले गर्दा हाल मैले बार्षिक रु. १० लाख सम्म फाइदा लिने गरेको छु ।’ गरेको अनुभव सुनाए ।
शसिरामकी श्रीमती सबिता धामीले “व्यवसाय सुरवात गरेकोमा पछुतो नरहेको भन्दै ‘गर्छु भेनेर लागेपछि किन पछि हट्नु अर्काको देशमा मरिमेट्नु भन्दा जति हुन्छ, जे हुन्छ, म यहि गर्छु, सँगैका साथी विदेशमा डलर छाप्छन् म नेपाली रुपौयाँमा रमाउँन खोज्दै छु “ भन्दै महुली लघुवित्तको करण यो अवस्था आएकोमा खÞुशी हुदै जुन उद्देश्यमा कर्जा लिईको हो सोही उद्देश्यमा लगानी गरे सफलता प्राप्त हुने भएकोले सबैलाई कर्जाको सही सदुपयोग गर्न सुझाइन् ।
प्रिती मन्डरको उद्यमशीलता यात्रा
त्रियुगा नगरपालिका –१३, बहेरवनामा बसोबास गर्ने प्रिती मन्डरको जीवन यात्रा एक प्रेरणादायक संघर्षको कथा हो । २०५६ सालमा १ कठ्ठा जमिनमा सानो तरकारी खेतीबाट सुरु भएको उनको व्यवसायिक यात्रा, महुलि लघुवित्त वित्तीय संस्था लि.को साथले एक अद्वितीय उचाइमा पुगेको छ । प्रिती विगत १६ वर्षदेखि महुलि लघुवित्तको गाईघाट शाखा केन्द्र नम्बर १७ की सक्रिय सदस्य रुपमा रहेकी छिन् ।
२०६४ सालमा महुलि लघुवित्तको केन्द्र नम्बर १३ की सदस्य बनेपछि, प्रितीले रु. १०,००० को कर्जा लिएर आफ्नो तरकारी खेतीलाई ३ कठ्ठामा विस्तार गरिन् । महुलि लघुवित्तले निरन्तर सहयोग गर्दै थप कर्जा उपलब्ध गराएपछि प्रितीले आफ्नो व्यवसायलाई अझ ठूलो बनाएर, आफ्नो भविष्यलाई तरकारी व्यवसायमै देख्न थालिन् । यस क्रममा, उनका श्रीमान ओम नारायण चौधरीले सधैं महत्वपूर्ण मेरुदण्डको रुपमा साथ दिइरहे र २०७२ सालमा कानुनी मान्यता प्राप्त इश्वर कृषि तथा पशु फर्म दर्ता गरेर आफ्नो व्यवसायलाई अझ व्यवस्थित बनाउने तर्फ लागीन् ।
प्रितीको मेहनत र लगनशीलता बिभिन्न चरणमा सरकारले समेत पहिचान गर्यो र रु. १००,००० सम्म अनुदान प्राप्त भयो। महुलि लघुबित्तबाट बिना धितो रु. ७,००,००० कर्जा चलाइरहेकी प्रितीले अहिले २ बिगाहा क्षेत्रफलमा विभिन्न मौसमी र बेमौसमी तरकारी खेती गर्दै आइरहेकी छिन् यसबाट उत्पादित सबै तरकारी गाईघाट बजारमा बिक्री हुन्छ ।
तरकारी खेतीबाट आर्जित आम्दानीले प्रितीले आफ्नो छोरीलाई विराटनगरमा सिभिल इन्जिनियर पढाइरहेकी छिन् भने अन्य छोराछोरी गाईघाट बजारमा नै अध्ययनरत छन् तरकारीको बजार मूल्यमा एकरुपता नहुनु र भारतीय सस्तो विषादीयुक्त तरकारीले कहिलेकाहीं दःुख लाग्ने गर्छ ।
प्रितीको सफलताको मूल रहस्यमा महुलि लघुवित्तको सहयोग, उनको कडा मेहनत, र परिवारको सहयोग प्रमुख छन् । प्रिती भन्छिन् ”देशका तीनै तहका सरकारले कृषि व्यवसाय गर्ने कृषकलाई समयमा मलखाद, उचित बजार मूल्य र बजार व्यवस्थापनको लागि पहल गरिदिए अझ राम्रो हुने थियो ।”
यस सफलताको यात्रामा महुलि लघुवित्त वित्तीय संस्थाले दिएको सहयोगप्रति प्रिती कृतज्ञ छिन् । प्रितीको कहानीले लैङ्गिक समानता र महिला उद्यमशीलताको महत्वलाई उजागर गर्दै प्रेरणादायी उदाहरण प्रस्तुत गर्दछ ।
रेशमा खातुनको संघर्ष र साहसको कथा एउटा प्रेरणादायक उदाहरण
रेशमा खातुनको संघर्ष र साहसको कथा एउटा प्रेरणादायक उदाहरण हो जसले देखाउँछ कसरी कठिनाइ र असहयोगको बावजुद पनि अठोट र मेहनतले सफलता प्राप्त गर्न सकिन्छ ।
रेशमा घोराही दाङको महुली लघुवित्त वित्तीय संस्था लि.को केन्द्र नं.४३मा आवद्ध एक साहसी महिला हुन् । अहिले उनी कस्मेटिक पसल चलाउँछिन् तर उनको यात्रा निकै चुनौतीपूर्ण थियो । उनका श्रीमान गम्भीर विरामी भएपछि आर्थिक समस्या र्पयो, आफन्त, नातागोता, र छरछिमेकबाट असहयोग मात्र होइन, उनीहरूको उपेक्षा पनि सहनु पर्याे।
त्यस कठिन घडीमा, मुस्लिम समुदायको महिला भएर पनि रेशमाले समाजको र्वुका र घोम्टोको पर्खाल तोड्दै व्यवसाय सुरु गरिन् सुरुवाती दिनहरू निकै कठिन थिए । महिला भएर, त्यो पनि मुस्लिम समुदायको महिला भएर व्यवसाय सुरु गर्दा समाजका विभिन्न दबाब र चुनौतिहरूसँग जुध्नुपरेको उनको अनुभव छ । तर, उनी आफ्नो लक्ष्यप्रति अडिग रहिन् ।
श्रीमानको उपचार पछि, श्रीमानले मोटरसाइकल ग्यारेज सञ्चालन गर्न थाले भने रेशमाले आफ्नो कस्मेटिक पसल विस्तार गरिन्। उनी अहिले कस्मेटिक सामग्रीसँगै डल, कुसन, सजावटका सामानहरू बनाउने, सिलाई कटाई गर्ने र चटपटे विक्रि गर्ने काम पनि गर्छिन् ।
रेश्माको यो सफल यात्रामा महुली लघुवित्तशाखा कार्यालय घोराही,दाङको ठूलो योगदान छ । संस्थाले उनलाई विगतमा विना धितो ६०,००० र हाल तीन लाख रुपैयाँ कर्जा उपलब्ध गराएको छ, कर्जाको मद्दतले रेशमाले आफ्नो व्यवसायलाई नयाँ उचाईमा पुर्याएकि हुन् ।
रेशमा भन्छिन् परिश्रम तथा मेहनतले नै सफलता पाउन सकिन्छ । उनको जीवनको यो संघर्ष र सफलता हामी सबैका लागि प्रेरणाको स्रोत हो।